Logo

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग अभ्यास गर्दै रवि लामिछाने (फोटो फिचर)

काठमाडौं– दसौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय (नक्साल) मा आज विहान आयोजित योग विज्ञान शिविरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले योग अभ्यास गरेका छन् ।

शिविरमा गृहमन्त्री लामिछानेले सुरक्षाकर्मीको तनाब व्यवस्थापन र निर्णय क्षमता अभिवृद्धिमा योगदान गर्ने भन्दै दैनिक योगअभ्यास गर्न आग्रह समेत गरेका छन् ।

योगले शरीरका विकार निकालेजस्तै प्रहरीले देशका विकार निकाल्न सक्नुपर्नेमा जोड दिँदै उनले योगको बेलामा झैं सधैं आफ्नो जिम्मेवारीमा ध्यानमग्न भए प्रहरीबाट कहिल्यै गैर–व्यवसायिक क्रियाकलाप नहुने विश्वास व्यक्त गरे।

शान्ति–सुरक्षा कायम, सुशासन अभिवृद्धि र सेवाप्रवाहमा सुधार ल्याउन प्रहरीले भूमिका बढाउनु पर्ने र त्यसका लागि योगमार्फत तनाब व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्