Logo

सर्लाहीमा बस ठोक्किँदा तीनको मृत्यु, १७ जना घाइते

सर्लाही– बागमती नगरपालिकास्थित रायमाझी चोकमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस रोकी राखेको लरीमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना बढी घाइते भएका छन्।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट छन्को । घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्