Logo

कतारबाट काठमाडौं ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ,बिमानबाहिर ३ पक्राउ

 

काठमाडौँ – कतारबाट काठमाडौं ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट बाँकेको खजुराका २४ वर्षीय मोहमद दिलसाद खाँलाई पक्राउ गरेको छ । उनले लगाएको पाइन्टको कम्मर भागमा टिस्युले बेरेर लुकाएको अवस्थामा ६९.८९ ग्राम सुनको ब्रासलेट र ११.६५ ग्राम सुनको बेरुवा औँठी बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताएका छन् ।

प्रहरीका अनुसार खाँकै जानकारीका आधारमा अन्य दुई जना पनि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नवलपरासीको गैडाकोटका ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ हुन् ।

 

प्रतिक्रिया दिनुहोस्