Logo

माछा मार्न जाँदा बाढीले बगाएर एकको मृत्यु, छ जना घाइते

काठमाडौं– जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा भारी वर्षाका कारण आएको बाढीले माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । माछा मार्न गएका छ जना घाइते भएका छन् ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको हो । रोकाय कुशे गाउँपालिकाकै मालटाकुरा माध्यमिक विद्यालयका शिक्षकसमेत हुन् ।

यस्तै बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका छन् । घाइतेहरुको उद्दार भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्