Logo

सुनको मुल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा हप्ताको पहिलो दिन आज सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १५ रूपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्