Logo

मुख्य सचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको दाबी गर्दै सचिब अर्यालसहित १२ जना विरुद्ध बिहिबार मुद्दा दायर गरेको हो ।

रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिवल्लभ घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले प्रतिवादीहरूविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो माग दाबी गरेको छ । मुद्दा दर्ता भएसँगै मुख्य सचिवबाट अर्याल स्वतः निलम्बन भएका छन् । बहालवाला मुख्य सचिवविरुद्ध नै भ्रष्टाचार मुद्दा दर्ता भएको यो पहिलोपटक हो ।

 

प्रतिक्रिया दिनुहोस्