Logo

एम्बाप्पेको नाक भाँचिदा लागेको चोट निको हुँदै, खेल्लान् त पोल्यान्डविरुद्धको खेल?

काठमाडौं– फ्रान्सका कप्तान केलियन एम्बाप्पे आफ्नो नाकमा लागेको चोटबाट निको भइरहेका छन् । तर उनी मंगलबार हुने युरोपियन च्याम्पियनसिपअन्तर्गत फ्रान्सको समुह चरणको अन्तिम खेलमा उनले सहभागीता जनाउँछन् या जनाउँदैनन् भन्ने टुङ्गो लागि नसकेको उनका कोच डिडियर डेसचम्प्सले जनाएका छन् ।

उनले एम्बाप्पेले पोल्यान्डविरुद्धको खेल खेल्छन् कि खेल्दैनन् भन्ने बारेमा बताएका छैनन् । तर फ्रान्सका कप्तान एम्बाप्पेको चोटमा सुधार भने भइरहेको उनले जानकारी दिए । ‘उनले खेल खेल्छन् कि खेल्दैनन् तपाईहरुले खेलमा देख्नुहुनेछ । तर अहिले सबै राम्रो भइरहेको छ । उसको चोट दिनप्रतिदिन निको हुँदै गइरहेको छ । उसलाई माक्सको बानी परिरहेको छ । उसले अभ्यास खेलमा राम्रो गरिरहेको छ ।’ डेसच्याम्प्सले भने।

युरोकप २०२४ मा मंगलबार अस्ट्रियाविरुद्धको खेलमा खेलको ८६ औं मिनेटमा एम्बाप्पेलाई नाक भाँचिएपछि ठूलो चोट लागेको थियो । एम्बाप्पेलाई तुरुन्तै मैदानबाट हटाइएर उनको सट्टामा अस्ट्रियाविरुद्ध ओलिभर गिराउडले खेलेका थिए। एम्बाप्पेलाई चोट लागेपनि पहिलो हाफमा आत्मघाती गोलको मद्दतमा अस्ट्रियालाई १–० ले हराएर फ्रान्सले युरो कप २०२४ मा राम्रो सुरुवात गरेको थियो।

तर शुक्रबार एम्बाप्पेबिना नेदरल्यान्ड्सविरुद्ध फ्रान्सले खेलेको थियो । खेलमा ०–० को बराबरी पछि फ्रान्सेली मिडियामा एम्बाप्पेको अभाव महसुस भएको विश्लेषणसमेत हुन थालेको थियो । फ्रान्स टोलीको आक्रमण गर्ने क्षमता भएका एम्बाप्पेको अभावको बारेमा धेरै विश्लेषण गरिएको छ।

हाल, फ्रान्स दुई मध्ये एक खेल जितेर चार अंकसहित समूह डीको दोस्रो स्थानमा उभिएको छ। उनीहरू आफ्नो आगामी खेलमा जित निकाल्दै युरो २०२४ को नक चरणका लागि छनोट हुने आशामा छन्। कप्तान समेत रहेको एम्बाप्पेले खेलेमा जीत निकाल्न सक्ने उनीहरुमा आशासमेत रहेको छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यम अल्जाजिराका अनुसार एमबाप्पेका टोलीका साथीहरूले आइतवारको पत्रकार सम्मेलनमा २५ वर्षीय एम्बाप्पे आक्रमणकारी खेल्न उत्सुक रहेको बताएका थिए । एम्बाप्पेले शनिबार ट्रेनिङमा गरेको प्रदर्शनलाई देखेपछि उनीहरुले यस्तो बताएका हुन् । ‘जब उ पिचमा थियो उसले त्यसमा शतप्रतिशत दिएको थियो । उसलाई आफ्नो मास्कको बानी परिरहेको छ । र उसले गोल गर्यो,’ डिफेन्डर जोनाथन क्लाउसले भने। एम्बाप्पेले मास्क बिना खेल्न मन पराउन सक्ने तर डाक्टरले बिना माक्स खेल्न नदिने उनीहरुले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्