Logo

युक्रेनी मिसाइल हमलामा परेर क्राइमियामा दुई बालबालिकासहित चार जनाको मृत्यु

 

काठमाडौं – युक्रेनी मिसाइल हमलामा परेर क्राइमियामा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको रुसी विश्व च्यालन आरटीले उल्लेख गरेका छन् । आरटीका अनुसार युक्रेनले क्राइमियाको सेभास्तोपोल सहरको ब्ल्याक सी रिसोर्टमा उक्त विस्फोट भएको थियो । विस्फोटमा परेर १५० बढी घाइते भएको जनाएको छ । अमेरिकाले युक्रेनलाई दिएको मिसाइल प्रयोग भएर आक्रमण भएको रुसले बताएका छन् । रुसी रक्षा मन्त्रालयले पाँच मिसाइल प्रहार भएकोमा चारलाई बिचैमा झारिएको र पाँचौँलाई मार हान्दा बाटो फेरेर नागरिक क्षेत्रमा झरेको बताएका छन् ।

आरटीका अनुसार रुसी रक्षा मन्त्रालयले यो आक्रमणको उचित हिसाबकिताब हुने बताएका छन् । सन २०१४ मार्च १६ मा भएको जनमत संग्रहबाट क्राइमिया रुसमा गाभिएको हो । रुसी भाषी बाहुल्य क्राइमिया रुसमा शान्तिपूर्वक गाभिएको थियो भने यसलाई पश्चिमा लगायतका धेरै देशहरूले मान्यता दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्