Logo

मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

 

काठमाडौँ – रूपा गाउँपालिका-३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा एक को मृत्यु भएको हो । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको छ ।

दुर्घटनामा सहचालक सोही गाउँपालिका-१ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले मिनी ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्