Logo

अरिंगालले टोक्दा कुमारीपाटीमा एक जनाको मृत्यु

काठमाडौं– ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरीको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।

कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८ असार दिउँसो साढे ५ बजेतिर अरिंगालले टोकेको थियो ।

अरिंगालको टोकाइबाट घाइते भएका चौधरीलाई उपचारका लागि काठमाडौंको मोडल अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइए जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्