Logo

नेपालका लागि दुईपटक कास्य पदक दिलाएका खेलाडी सडकमा यस्तो अवस्थामा फेला

काठमाडौं– तस्बिरमा हेर्नुहोस् त । यी लामो दाह्री, रुद्राक्ष लगाएका बाबाले कुनै समय नेपाल सरकारबाट गोरखा दक्षिण बहु पदकले सम्मानित भएका व्यक्ति हुन् । नेपालका लागि दुई पटक कास्य पदक दिलाएका उनी पूर्व राष्ट्रिय खेलाडी रविन्द्र दाहाल हुन् ।

रविन्द्र दाहालले कराँतेबाट नेपाली खेलकुदमा राष्ट्रलाई दक्षिण एसियाली खेलकुद ९साफ० मा दुई कास्य पदक दिलाएका थिए । सन् २००४ को मार्च २९ देखि ७ अप्रिल सम्म पाकिस्तानको राजधानि इस्लामाबादमा भएको ९ औं दक्षिण एसियाली खेलकुद (साफ) मा दाहालले कराँतेमा ५० के.जी तौल समुह अन्तर्गत कास्य पदक जितेका थिए ।

उक्त खेल पछि दाहाल नेपाल प्रहरिमा भर्ति भएर त्यस समयको महेन्द्र पुलिस क्लबको खेलाडी काजमा थिए ।

सन् २००६को अगस्ट १८ देखि २८ तारिक सम्म श्रीलंकको राजधानि कोलोम्बोमा सम्पन्न भएको १०औं दक्षिण एसियालि खेलकुद (साफ)मा रविन्द्रले ५० केजी तौलमा लगतार दोस्रो पटक कास्य पदक जितेका थिए । साफ गेममा पदक जितेका दाहाल नेपाल सरकारबाट गोरखा दक्षिण बहु पदकले समेत सम्मानित भएका थिए ।

१०औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रको लागि पदक जितेकोमा नेपाल प्रहरि संगठनले सम्मान स्वरुपमा जवानबाट प्रहरि हवल्दारमा बढुवा गरेको थियो । नेपाल प्रहरिको प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका रविन्द्र उमेर बढेसँगै खेलाडी जीवनबाट विस्तारै संगठनको डिउटीमा खटिएका थिए । दारबन्दी डिउटीको लागि हेटौंडा खटिएका दाहालले हाल प्रहरीको जागिरबाट स्वच्छिक अवकास लिएका थिए ।

यिनै खेलाडी केहिदिनअघि त्रिपुरेश्वरमा यस्तो अवस्थामा फेला परेका हुन् । भनिन्छ खेलले राष्ट्रलाई चिनाउँछ अनि खेलाडी राष्ट्रका गहना हुन् । तर के हाम्रो राष्ट्रले खेलाडीलाई गहना जसरी नै सम्हालेर राख्न सकेको छ त ? खेलकुदलाई राज्यले राम्रो व्यवस्थापन गर्न नसक्दा देशलाई रजत र कास्य पदक दिलाउन सक्ने क्षमता भएका खेलाडी विदेश पलायन भइरहेका छन् । नेपालमै रहेका खेलाडी पनि खेलबाट शन्यास लिइसकेपछि आफ्नो भविष्य के हुन्छ भन्ने चिन्तामा छन् । पूर्व राष्ट्रिय खेलाडी दाहालको जस्तै अन्य खेलाडीको भविष्य पनि अन्धकार हुनबाट जोगाउन राज्यले सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्