Logo

निरन्तरको वर्षात्का कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध

 

काठमाडौं – निरन्तरको वर्षात्का कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना-६, जलबीरेमा माथिबाट पहिरो खसेको छ भने पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेको छैन । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको प्रहरीले बताएको छ । सडक अवरुद्ध हुँदा दुबैतिर सवारी साधनको लाम लागि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्