Logo

बिहानैदेखि भारी वर्षाका कारण व्यक्ति बाढीले बगाएर बेपत्ता

 

 

काठमाडौँ – चितवनमा बिहानैदेखि भारी वर्षा भइरहेको चितवनको माडी क्षेत्रमा एक व्यक्ति बाढीले बगाएर बेपत्ता भएका छन् । माडी ५ छर्छरे घर भएका रणबहादुर कामीलाई मगुइ खोलाले बगाएर बेपत्ता पारेको छ ।

कामी बसन्तपुर बजारबाट आफ्नो घर खैरहनी जाँदै गर्दा माडी वडा नम्बर ४ र ५ को सीमानामा रहेको मगुई खोलाले बगाएको इलाका प्रहरी कार्यालय माडीले बताएको हो । बेपत्ता भएका कामीलाई खोज्न इलाका प्रहरी कार्यालय माडीका इन्स्पेक्टरसहितको टोली परिचालन भएको बताएको छ । इलाका प्रहरी कार्यालय माडीका असइ कैलाश कार्कीका अनुसार माडीमा बिहानैदेखि भारी वर्षा भइरहेको छ भने खोलाहरुमा अत्याधिक पानीको बहाबसहित बाढी आउँदा एउटा गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था भने छैन ।

 

प्रतिक्रिया दिनुहोस्