Logo

दिल्लीमा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा ६ जना घाइते

एजेन्सी — भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल–१ को छत भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

छत खस्दा केही ट्याक्सी र गाडी पनि थिचिएका छन् । छतले थिचेर भएका घाइतेहरूलाई अस्पताल पठाइएको जानकारी दिएका छन् । दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भारी वर्षाका कारण भवनको बाहिरी हिस्सा भत्किएको जनाएका छन् । दिल्ली मौसम विभागका अनुसार पछिल्लो समय राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर)मा भारी वर्षा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्