Logo

बालेनको राजनीतिक करिअर सिध्याउने योजना भइरहेको भन्दै सावधान रहन गायक शिव परियारको टिप्पणी

काठमाडौं– गायक शिव परियारले बालेनको राजनीतिक करिअर सिध्याउने योजना भइरहेको भन्दै बालेनलाई सर्तक रहन आग्रह गरेका छन् । पछिल्लो समय गृहमन्त्री रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी चुनाव २०८४ मा बालेनसँग मिलेर जानुपर्ने प्रतिवेदन ल्याएको छ । सोपछि राजनीतिमा सुरुमा मिल्ने र पछि करिअरनै सखाप पार्ने खेल हुने भएकाले सावधान रहन गायक परियारले बालेनलाई अनुरोध गरेका हुन् ।

हालै रास्वपा महामन्त्री मुकुल ढकालले ल्याएको ३२ पाने प्रतिवेदन तयार पारेका छन् । जसका कारण पार्टीपंक्ति मात्रै होइन, राष्ट्रिय राजनीति नै तरंगित बनिरहेको छ । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गरेर रास्वपा अघि बढ्नुपर्ने प्रतिवेदन तयार पारेका छन् । बालेसहित धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

बालेन, गोपी हमाल र रास्वपाबीच सहकार्य भएमा २०८४ को निर्वाचन्मा स्पष्ट बहुमत ल्याउन सकिने ढकालको दाबी छ ।

प्रतिवेदनमा उल्लेख यही विषयलाई लिएर गायक परियारले टिप्पणी गरेका हुन् । उनले यो बालेनको राजनीतिक करिअर सिध्याउने योजना अनुरुप आएको दाबी गर्दै बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यसको टिप्पणी गरेका हुन् ।

‘अचानक नाटकीय स्वरूपमा रास्वपाले आफ्नो नयाँ प्रतिवेदनमा बालेनसँग मिलेर नगए भविष्यमा पार्टीलाई भारी पर्ने र भविष्यमा पार्टी सकिनेसम्मको समाचार बाहिर आएको देखियो ्र र, अहिले सरकारबाट बाहिर निस्कनुपर्ने धारणा राखेको पनि देखियो,’ गायक परियारले लेखेका छन्, ‘मेरो विचारमा यो २०८४ सालमा हुने चुनावी रणनीतिका लागि पूर्व देखाएर पश्चिमतिर पड्काउने नेपाली राजनीति अति नै पुराना खेलाडीको योजना र डिजाइन अनुरुप, पार्टीको एउटा खेमाले बालेनसँग मिल्न चाहेको सन्देश प्रवाह गर्नुले बालेन नयाँ शक्तिको रुपमा उदाउन सक्ने पूर्वानुमानसहित अन्ततस् बालेनलाई सिध्याउने नीति अनुरुप लामो समयको खेल तालिकासहित नयाँ खेलको सुरुवात हुन लागेको महसुस हुन्छ ्र’

राजनीतिक खेल बाहिर देखिए जस्तो नहुने भन्दै उनले लेखेका छन्, ‘सुरुमा मिल्ने र पछि निल्ने कुनै पनि व्यक्ति, संस्था र राजनीतिक चरित्रसँग सावधान बालेन ।’

प्रतिक्रिया दिनुहोस्