Logo

५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला

 

 

काठमाडौँ – चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका हुन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका छन् ।

यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए तर उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण भने खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्