लेन मिचेको सरकारी गाडीका चालकलाई प्रहरीले गर्यो कारबाही

360
Shares

 

 

काठमाडौँ – लेन मिचेर भिडिओ भाइरल बनेको सरकारी गाडीका चालकलाई प्रहरीले कारबाही गरेका छन् ।

शुक्रबार साँझ करिब ६ बजेतिर सातदोबाटोबाट ग्वार्कोतर्फ जानेक्रममा आकाशे पुल अगाडि लेन परिवर्तन गर्न गाडीले डिभाइडर नै नाघेर लेन परिवर्तन गरेको थियो। जल उत्पन्न प्रकोप नियन्त्रण विभागको बा १ झ ७६७४ नम्बरको गाडीले यसरी लेन मिचेको सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेको हो।

आइतबार ललितपुर जिल्ला प्रहरी ट्राफिक कार्यालयले उक्त सवारीसाधन फेला पारी कारबाही गरेका छन्। उक्त सवारीका चालकलाई लेन अनुशासनमा कारबाही गरिएको छ ।