Logo

विद्यालयको चौर,कक्षा कोठामा पानि जमे पछि पठन पाठनमा समस्या

 

 

काठमाडौँ – रौतहटको दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्या भएको छ । वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभूत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि पठन पाठनमा समस्या उत्पन्न भएको छ ।

आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरूलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय सहनीले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं वर्तमान सांसद माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सांसद, प्रदेश सांसद र गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

वर्षाको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरू पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आँखाबाट आँसु समेत झरेको सहनीले बताएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आलोचना समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्