Logo

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी,५ जना पक्राउ

 

 

काठमाडौं – सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरीको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ५ जना नेपालीलाई पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका थिए। तर नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका हुन् । प्रहरीले पक्राउ परेकाको साथबाट १४ लाख रुपैयाँ नगद बरामद गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्