Logo

कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा विरोधी प्रदर्शन, कम्तीमा ३९ जनाको मृत्यु

एजेन्सी– कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो ।

केएनसीएचआर रेकर्डले ‘देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा’ जुन १८ देखि जुलाई १ सम्म ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको छ ।

अधिकांश युवा प्रदर्शनकारीहरूले शान्तिपूर्ण कर–विरोधी र्‍याली गरिरहेका थिए । सोही बिचमा गत हप्ता संसद्ले विवादास्पद कानुन पारित गरेको थियो । सोपछि प्रदर्शन घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।

प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरूको चर्च, चिकित्सा आपत्कालीन केन्द्र र एम्बुलेन्स जस्ता सुरक्षित स्थानहरूमा सरकारले अनावश्यक हिंसा र बल प्रयोग भएको केएनसीएचआरले जनाएको छ । संसद् र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरिएको छ।

राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरेका छन् ।

राष्ट्रपति रूटोले कर वृद्धिसम्बन्धी विधेयकमा कानुनमा हस्ताक्षर नगर्ने घोषणा गरेका छन् । तर मङ्गलबारदेखि प्रदर्शनकारीहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्