Logo

८ वर्षपछि नुनको भाउ बढ्यो, अझै बढ्न सक्ने

काठमाडौं– पछिल्लो समयमा महँगी बढीरहेको बेलामा भान्सामा अत्यावश्यक खाद्य सामाग्री नुनको मुल्य पनि बढेको छ । सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्यमा बृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ बाट बढेर २६ रुपैयाँ कायम भएको छ । न्यू शक्ति नुन एक किलोको १७ बाट बढाएर २० रुपियाँ कायम हुनेछ । सोहीअनुसार भानू नुनको एक किलोको मूल्य नौ रुपैयाँ कायम भएको छ ।

मूल्य बढेपनि साल्ट ट्रेडिङ कर्पोरेसनलाई भने अझै पनि घाटा रहेको जनाइएको छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागत पर्ने नुनलाई कम्पनीले १८.५० अर्थात् नौ रुपैयाँ पचास पैसा घाटामा बेचिरहेको थियो । अब थोक बिक्रीमा नै नुन २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने र्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए ।

सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्