Logo

धादिङमा अपरिचितले गाडीको डिकीमा सुटकेस राखिदिए, डिस्पोजका लागि नेपाली सेना बोलाइयो

काठमाडौं– धादिङमा एक व्यवसायीको गाडीमा अपरिचित व्यक्तिले सुटकेश छाडेर हिँडेपछि नेपाली सेनालाई बोलाइएको छ । नीलकण्ड नगरपालिका–३, बीचबजारस्थित आफ्नै घरअगाडि रोकीराखेको बा १६ च ९१९२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले शंकास्पद सुटकेश छाडेर हिँडेपछि सेनालाई बोलाउनुपर्ने अवस्था आएको हो ।

उक्त कारको लक गरिएको थिएन। स्थानीयका अनुसार निलो टिसर्ट र खैरो पाइन्ट लगाएको व्यक्ति गाडीको छेउमा सुटकेश लिएर बसिरहेका थिए । उनले गाडीको डिकिमा सुटकेश राखेका थिए ।

‘गाडी अनलक रहेछ, शंकास्पद व्यक्तिले कारको पछाडिको सिटमा खैरो रंगको सुटकेस राखेर गएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘चालक फर्किँदा सुटकेस देखेछन्। अनि हामीलाई खबर आयो।’

बुधबार दिउँसो साढे ३ बजे गाडीको डीकी खोलेर शंकास्पद सुटकेश राखेको प्रहरीलाई स्थानीयले बताएका छन् । सुरक्षा सर्तकता अपनाएर त्यसलाई डिस्पोज गर्ने तयारी गरेको उनले बताए ।

प्रहरीले नेपाली सेनालाई घटनास्थलमा बोलाएको छ। घटनाले बजारबासी त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्