Logo

१३ दृष्टिविहीन बालिका बलात्कृत,५० बर्शिये आरोपित पक्राउ

 

 

काठमाडौँ -कालिकोटमा घर परिवारका सदस्य रोपाइँमा गएको बेला नरहरिनाथकी १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन् । आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको मौका पारी ५० वर्षीय चक्रबहादुर विष्टले बलात्कार गरेको आफन्तको आरोप रहेको छ ।

आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेर सदरमुकाम मा ल्याएका च्चन । सुस्तमनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई सोमबार पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताएका छन् । ‘बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ,’ उनले भने, ‘थप अनुसन्धान हामि गर्दैछौं ।’

बालिकाको घरमा कोही नभएको मौका पारेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताएका छन् । उनका अनुसार आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन् । बालिका आँखाको उपचार गर्न आफन्तसँग सदरमुकाम मान्म हुँदै कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर एक साताअघि घर फर्किएकी थिइन् । मंगलबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पतालमा रहेको आपतकालीन एकद्धार संकट व्यवस्थापन केन्द्र ओसीएमसीका प्रमुख डा. प्रतिमा भण्डारीले बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्