Logo

काठमाडौँमा सबै भन्दा धेरै बढी डेंगु सङ्क्रमित पुस्टि

 

 

काठमाडौँ – काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको छ ।

देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक रहेको छ । यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू बताउदै आएका छन् ।

देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको हो । ईडीसीडीका अनुसार गत साता (जुन २३ गते) मा १२ सय ६८ जनामा देखिएको डेंगु (जुलाई ३ गते ) १४ सय ३२ जनामा पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्