अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा जस्टिन बीबरको सहभागी

288
Shares

 

 

 

काठमाडौँ – भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बीबरले प्रस्तुति दिने भएका छन् ।
जस्टिनले अनन्त र राधिकाको संगीत समारोहमा आफ्नो प्रस्तुति दिन लागेका छन्। बिहे यहीँ जुलाई ५ मा हुने भएको छ । जस्टिन बाहेक अनन्त र राधिकाको संगीत समारोहमा बादशाह र करण औजलाले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।

आफ्नो प्रस्तुतिका लागी जस्टिनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक लिएका छन्। बिहीबार भारत आइपुगेका जस्टिनले ५० करोड भारू पारिश्रमिक लिने नवभारत टाइम्सका अनुसारले बताएका छन् ।

४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए। राधिका एनकोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी हुन। अनन्त र राधिकाको विवाह १२ जुलाईमा हुने भएको छ ।