खोला तर्ने क्रममा बगाएर एकको मृत्यु

432
Shares

काभ्रेपलाञ्चोक– काभ्रेमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ। रोशी गाउँपालिका–१ सानो भुक्देउ खोला तर्ने क्रममा सोही वडाका ४५ वर्षीय कमल बिकको मृत्यु भएको हो।

आइतबार साँझ सात बजेतिर श्रीमाती छोरीसँगै खोला तर्ने क्रममा उनलाई बगाएको थियो। सोमबार बिहान साढे ८ बजेतिर उनको शव बगेको ठाउँबाट डेढ दुई किलोमिटर तल फेला परेको थियो ।

उनको शव उद्धार गरेर सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।