Logo

वर्षाका कारण तीन दिनदेखि बन्द कालीगण्डकी करिडोर

बागलुङ– लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द छ। करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म सवारी साधन सञ्चालन हुन नसकेका हुन् ।
शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए। करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने जनाइएको छ ।

करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ।

 

प्रतिक्रिया दिनुहोस्