मोरङमा दुई समुहबीच झडप, छुरा प्रहारबाट एकको मृत्यु हुँदा दुईजना घाइते

864
Shares

मोरङ– मोरङमा गत राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो।

झडपको क्रममा छुरा प्रहार हुँदा तीनजना घाइते भएका थिए । उद्धार गरी उनीहरूलाई कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो।

झडपमा घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ। प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।