Logo

पहिरोमा परी बालकको मृत्यु, ३ घाइते

 

 

काठमाडौँ – सिस्ने गाउँपालिका २ को दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्