Logo

नारायणी नदीमा सडेगलेको अवस्थामा तीनजनाको शव फेला

नवलपुर– नवलपरासीको गैँडाकोट नगरपालिका–१ मा तीन जनाको शव सडे–गलेको अवस्थामा फेला परेको छ । नारायणी नदीमा उनीहरुको शव फेला परेको हो । गैंडाकोट–१ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा दुई पुरुष पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको हो । शवको पहिचान हुन सकेको छैन। शव अहिले नारायणी नदीमै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भइरहेको छ। उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्