Logo

चालु आर्थिक वर्षको सरकारी खर्चको भुक्तानी हुने अन्तिम दिनमा तीन प्रतिशत बजेट खर्च

काठमाडौं– सरकारले एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी गरेको छ। सोमबारमा उक्त रकमको दायित्व फरफारख गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। जुन चालु वर्षमा हालसम्म भएको खर्चको तीन प्रतिशत रकम हो ।

महालेखाको तथ्यांक अनुसार सोमबार नौ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ। त्यस्तै १४ अर्ब ४० करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।

सार्वजनिक ऋणको सावा भुक्तानी र संस्थानहरूमा गरिने लगानीको लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च सोमबारमात्रै नौ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ भएको छ।
चालु वर्ष २०८०÷८१मा सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो। बजेट समीक्षाबाट १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । तर अहिलेसम्म १३ खर्ब ५६ अर्ब रुपैयाँको खर्च भएको छ। जुन कुल लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च भएको हो ।

सरकारले असार महिनामा मात्रै सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ । असार महिना सुरु हुँदा ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक महालेखासँग थियो । हाल सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको तथ्यांक छ ।

आजदेखि चालु आवका लागि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र०, एकल खाता कोष प्रणाली ९टीएसए० र कम्प्युटरकृत सरकारी लेखा प्रणाली ९सिगास० बन्द भएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले सोमबार चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने भएकाले त्यत्त्रो ठूलो मात्रामा रकम भुक्तानी भएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

 

प्रतिक्रिया दिनुहोस्