Logo

आठ वर्षको प्रेमपछि विवाह, विवाहको पाँच महिनामै सहिद भएका आर्मीकी श्रीमतीको आँखै रसाउने कहानी…

एजेन्सी– सामाजिक सञ्जालमा एक भारतिय युवतिको मार्मिक भिडियोले सबैलाई भावुक बनाइरहेको छ । जहाँ उनी सेतो सारी लगाएर राष्ट्रपतिले आफ्नो श्रीमानको बहादुरीलाई सम्मान गरेको सम्मान थाप्न पुगेकी छिन् । उनी हुन् कीर्ति चक्र सहिद क्याप्टेन अंशुमन सिंहकी श्रीमति स्मृति।

अंशुमन र स्मृतिको भेट इन्जिनियरिङ कलेजमा भएको थियो । जहाँ उनीहरु पहिलो नजरमा नै एक अर्काको प्रेममा परे । प्रेममा परेको एक महिनामा नै उनीहरुको सम्बन्ध लङ डिस्टेन्स भयो । अंशुमन मेडिकल कलेजमा पढ्न गएका थिए । आठ वर्ष लामो सम्बन्धपछि उनीहरुको प्रेम विवाहमा परिणत भएको थियो ।

उनी त्यहि ८ वर्षको सम्बन्ध, विवाहको ५ महिनाको याद र श्रीमानको बहादुरीको सम्झनाका साथ राष्ट्रपति भवन पुगिन् । जहाँ पुग्दा उनको गला अवरुद्ध भइरहेको थियो भने आँखा रुझिरहेको थियो । उनको आँखाले नै उनको पीडाको वखान गरिरहेको थियो ।

उनले भिडियोमा भनेकी छिन्, ‘हामी कलेजमा प्रेममा पर्यौं, हाम्रो प्रेम कहानी ८ वर्षसम्म चल्यो, हामीले ५ महिना अघि मात्र विवाह गरेका थियौं, तर मैले कहिल्यै सोचेकी थिइनँ कि मेरो प्रेमको सिन्दुर अचानक मेटिनेछ। अब मसँग उनको सम्झना मात्र छ। ८ वर्ष ५ महिनाको सम्झना, यिनैको सहाराले जीवन बिताउनेछु । म उसको सपना पूरा गर्नेछु।’

अंशुमान पञ्जाब रेजिमेन्टको २६ औं बटालियनमा थिए । उनी भारतीय सेनाको मेडिकल कोरमा डाक्टर थिए। स्मृती र अंशुमनको विवाह भएको दुई महिनामा नै अंशुमन एक अपरेशनको शिलशिलामा सियाचित गए । जुलाई २०२३ मा उनी अपरेशन मेघदूतको हिस्सा बनेका थिए। सियाचिनमा मेडिकल अफिसरको रूपमा उनको नियुक्ति भयो।

त्यसपछि उनीहरुबीच अन्तिमपटक कुराकानी गत जुलाई १८ गते राति भएको थियो । उनीहरुले टेलिफोन सम्पर्कमा प्रेम र आफ्ना भविष्यका कुरा गरे । नयाँ घर, छोराछोरी र भविष्यका लागि धेरै योजना बनाए। उनीहरुले त्यस दिन यति कुराकानी गरे जति विवाह भएयता कहिल्यै गरेका थिएनन् ।

तर भोलीपल्ट एकाएक यस्तो खबर आयो जसले स्मृतीको जिवन सँधैका लागि परिणत भयो । उनका रङ्गीन कपडा सेतो साडीमा परिणत भयो, सिउँदोको सिन्दुर गायब भयो।
जुलाई १९, २०२३मा, लगभग बिहान ३ बजे, सियाचिनमा सेनाको शिविरमा रहेको हतियार भण्डारण क्षेत्रमा ठूलो आगो लाग्यो। विष्फोटपछि निस्केको आगोले छेउछाउका घरहरु जले । यस्तै एउटा घरमा फसेका मानिसहरूलाई बचाउने क्रममा क्याप्टेन अंशुमानले ज्यान गुमाए। उनले अरुलाई त बचाए तर त्यस आगोमा उनी आफै जले । बिहान ७ बजे अंशुमानको बलिदानको खबर आयो र स्मृतीको र सम्पूर्ण परिवारको जीवन नै बदलियो ।

उनै अंशुमनलाई उनको बहादुरीका लागि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले कीर्ति चक्रले सम्मानित गरेकी थिइन् । श्रीमानको सम्मान थाप्न पुगेकी स्मृतीले श्रीमानलाई आफुले गुमाएपनि उनको यादमा बाँच्ने र उनको कामप्रति गर्व रहेको स्मृतिले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्