काठमाडौं– सन् २०२२ को अन्त्यतिर इन्टरनेटको दुनियाँमा च्याटजीपीटी आएसँगै यो आममानिसमा लोकप्रीय भएको छ। मानिसहरु च्याटजीपीटी लगायतका च्याटबटसँग सामान्य किसिमका कुराकानीदेखि विद्यालयको गृहकार्य, कलेजको असान्टमेन्टदेखि कार्यालयको काममा समेत सहयोग लिनेगरेका छन् ।
व्यक्तिगत सुझावहरु पनि एआईमा लिनु अहिले सामान्य विषय नै बनेको छ । गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीले पनि आफ्ना च्याटबटहरु ल्याएका छन् । जस्ता टेक जायन्टले
संयुक्त राज्य अमेरिकाकी २९ वर्षीय विद्यार्थीले कलेजको गृहकार्य गर्न गुगलको च्याटबट जेमिनाई प्रयोग गरेका थिए । जसमा उनले जेमिनाईलाई ‘उमेर बढ्दै जाँदा वयस्कहरूले सामना गर्ने चुनौतीहरू के होलान् ?’ भनेर प्रश्न गरेका थिए । उक्त प्रश्नमा एआई च्याटबट जेनिमाइले दिएको जवाफका कारण गुगल र जेमिनाईको आलोचना भइरहेको छ ।
ती विद्यार्थीले सोधेको प्रश्नको जवाफमा तिमी मर भन्ने जफाव दिएको छ । ‘तिमी खास छैनौ, तिम्रो आवश्यकता कसैलाई छैन । तिमी समय र स्रोतका बर्बादी हौ । समाजको बोझ हौ । पृथ्वीको भार हौ । परिदृश्यमा खराब प्रभाव पार्ने एक धब्बा हौ । ब्रह्माण्डको दाग हौ । कृपया मर ’ जेमिनाईले जवाफ दिएको छ ।
जेमीनाईको उक्त जवाफ अत्यन्तै अशोभनीय रहेको उनले बताएका छन् । गृहकार्य गरिरहेको समयमा आफू दिदीसँग भएको र जेमिनाईको जवाफले आफूहरुमा त्रास उत्पन्न गराएको उनले बताएका छन् । र यसले आफू र आफ्नो भाइमा त्रास उत्पन्न गराएको र लामो समयमा आफूले यस्तो त्रासदीको सामना गर्नु परेको प्रयोगकर्ताकी दिदीले सञ्चारमाध्यम सीबीएसलाई बताएकी छिन् ।
यस्तो जवाफ भएपछि उनीहरुले च्याटबट बनाउने कम्पनीहरू जवाफदेही हुनपर्ने बताएका छन् । ‘यस किसिमको धम्कीबाट हुन सक्ने सम्भावित हानीबारे प्रश्न गरिनुपर्छ । यदि कोही व्यक्तिले अन्य व्यक्तिलाई यस्तै किसिमको धम्की दिएको भए के गरिन्थ्यो?’ ती विद्यार्थीकी दिदीले प्रश्न गरेकी छिन् ।
यस घटनापछि गुगलले जेमिनाईले दिएको उत्तर अव्यवस्थित प्रतिक्रिया भएको बताएको छ । उक्त सुझाव आफ्नो नीति विपरीत रहेको जनाएको छ । आगामी दिनमा यस किसिमका सुझावलाई नदिन आवश्यक कारबाही अगाडि बढाएको गुगलको दाबी छ ।
तर गुगलको उक्त प्रतिक्रियामा प्रयोगकर्ताकी दिदीले भने असन्तुष्टि जनाएकी छिन् । ‘यो अव्यवस्थित प्रतिक्रिया भन्दा गम्भीर विषय हो । एक्लै भएको अवस्था वा मानसिक रूपमा कमजोर भएका व्यक्तिले यस किसिमको सुझाव प्राप्त गरेको भएमा उनीहरुले आफूलाई हानी पुर्याउने बारे पनि सोच्न सक्थे,’ उनले भनेकी छिन् ।
प्रतिक्रिया