काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको छ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार सामाजिक सञ्जालमार्फत क्यानले उक्त खुसी सार्वजनिक गरेको छ । उक्त अवार्ड जितेपछि क्यानले नेपाली क्रिकेट प्रेमीलाई धन्यवादसमेत दिएको छ ।
नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो। आईसीसीले आफ्नो एसोसियट सदस्यले क्रिकेटको विकाशमा हात पारेको सफलताका आधारमा डेभलपमेन्ट अवार्ड उपलब्ध गराउँदै आएको छ । सोअन्तर्गत आइसिसीले विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ ।
यसवर्ष ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोलाई, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमानलाई, ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्सलाई, ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ यूएईलाई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्डलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया