काठमाडौं– श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे दाम्बुलामा सुरु हुनेछ ।
समुह चरणको पहिलो खेलमा युएईविरुद्ध ऐतिहासिक जित निकालेको नेपालका लागि पाकिस्तान कठिन प्रतिद्वन्द्वी हो । पाकिस्तानसँग नेपालले जीत निकालेमा खेलको अर्को चरणमा पुग्ने नेपालको सम्भावना बलियो रहनेछ ।
समुह ए मा रहेको नेपालले पाकिस्तानपछि भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । समूह बीमा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड एक आपसमा भिड्दैछन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया