Logo

३.९६ जीपीए ल्याएर सविन कटवाल बने नेपाल टप

काठमाडौं– बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा अध्ययनरत सविन कटवालले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परिक्षामा नेपाल टप गरेका छन् ।

हेराल्ड कलेजबाट २०८० सालको कक्षा १२ को परिक्षामा ११५० सहभागी विद्यार्थी मध्ये कटवालले ३.९६ जीपीए ल्याएर नेपाल टप गरेका हुन्। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाफल शुक्रबार प्रकाशन भएको हो ।

परिक्षामा देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाटचार लाख ४८ हजार ८३७ सहभागी थिए । परिक्षामा सहभागी विद्यार्थी मध्ये करिब ५१।९१ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेड ल्याएका छन् । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्