Logo

नेपाली सेनाका जवानले गरे आफैँले बोकेको बन्दुकले हानेर आत्महत्या

काठमाडौं– नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन्। कावासोती नगरपालिका– ७ बाँदरझुलास्थित नयाँ गोरखगण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आत्महत्या गरेका हुन्।

आज दिउँसो साढे १२ बजे मिजारले आफैँले बोकेको मिनी गनबाट घाँटीमा गोली हानृका हुन् । पोष्टको कोतघरमा रहेको ५.५६ एमएमको मिनी गनले आफ्नै घाँटीमा गोली हानेको प्रहरीले जनाएको छ।

धादिङको गल्छी गाउँपालिका–४ घर भएका मिजारको श्री गोरखगण कसरामा दरबन्दी थियो। उनी हाल नयाँ गोरख गण ‘ख’ गुल्ममा कार्यरत थिए।

प्रहरी अहिले घटनास्थलमा घटनाको मुचुल्का उठाएर अनुसन्धान गरिरहेको छ । मिजारको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्