काठमाडौं– काठमाडौंमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ । प्रतियोगिताको फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंका दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल र भारतबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने नेपाल भलिबल संघले जनाएको छ । सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेका हुन् ।
स संस्करणमा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो । नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, २५–१८, १५–१३ ले पराजित गरेको थियो ।
लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर नेसन्स लिगको उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । उता पहिलो पटक नेपालसँग पराजित भएको भारत पनि फाइनलमा त्यसको बदला लिंदै उपाधि जित्ने लक्ष्यमा छ ।
प्रतिक्रिया