महिला खेलाडीलाई भलिबल संघले जनही ५० हजार रुपैयाँ दिने


काठमाडौं– काभा महिला भलिबल नेसन्स लिगमा दोस्रो भएको नेपाली महिला भलिबल टिमका खेलाडीलाई नेपाल भलिबल संघले जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

संघको कार्यसमिति बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो । नेपाली महिला भलिबल टिमले लिग चरणमा भारतलाई हराए पनि फाइनलमा पुनः भारतसँग नै ५ सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो ।

दोस्रो भएको महिला भलिबल टिमका खेलाडीलाई संघले ५० हजारका दरले सम्मान गर्न लागेको हो ।