काठमाडौं– गृष्मकालिन पेरिस ओलम्पिकमा स्वर्ण पदक जीतेको खुसि मनाउँदा उज्बेकिस्तानका कोचलाई हृदयघात भएको छ । फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलमा उज्वेकिस्तानको बक्सिङ टोलीले पाँच स्वर्ण पदक जित्यो ।
आफ्नो प्रशिक्षणमा बक्सिङ टोलीले पाँच स्वर्ण पदक जितेपछि उज्बेकिस्तानका प्रशिक्षक तुल्किन किलिचेभ निकै खुसी थिए । तर, खुशीयाली मनाउँदा उनी यति उत्साहित थिए कि शरीरले पनि साथ दिन सकेन ।
खुसी मनाउँदै गर्दा अचानक उनी अस्वस्थ भए । उनलाई हृदयघात भएको थियो । प्रशिक्षक तुल्किन उत्सव मनाउने क्रममा बेहोस भएका थिए । बेलायती खेलकुद टोलीका सदस्यहरूले उनलाई तुरुन्तै प्राथमिक उपचार दिए र बचाए।
उनलाई डाक्टर हरराज सिंह र फिजियोथेरापिस्ट रोबी लिलिसले सीपीआर दिएका थिए। प्राथमिक उपचारपछि उनलाई तत्काल अस्पताल लगियो । उनको हाल उपचार भइरहेको छ ।
ओलम्पिकमा यस वर्ष २० वर्षयताकै उत्कृष्ट प्रदर्शन गरेको थियो ।
यस्तै फ्रान्सको पेरिसमा भएको पेरिस ओलम्पिक सकिएको छ । ओलम्पिकमा अमेरिकाले सबैभन्दा धेरै पदक जीतको छ । अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो स्थान हात पारेको छ । एसियाकै अर्को देश जापान ओलम्पिकमा तेस्रो, अष्ट्रेलिया चौँथो र फ्रान्स पाँचौँ भएका छन् ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।
प्रतिक्रिया