Logo

पार्टी विभाजन नहुनेमा प्रचण्ड ढुक्क

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुराको कुनै गुञ्जायस नरहेको बताएका छन् । सोमबार स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी केही नहुने र सबै मिलेर नै अगाडि बढ्ने बताए ।

‘नेतृत्व हस्तान्तरणको पस्ताव आयो । के छ तपाईँको धारणा ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छन् । तपाईँहरुलाई हो टेनसन, हामीलाई केही छैन ।’

पार्टी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर संरक्षकको भूमिकामा बस्नुपर्ने प्रस्ताव लगेका थिए । उपमहासचिव शर्माले बैठकमा राखेको लिखित प्रस्तावमा नेतृत्व प्रश्नैप्रश्नले घेरिएको थियो । उनले पार्टी अहिलेको अवस्थामा आउनुको प्रमुख दोषी प्रचण्डलाई देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्