Logo

रास्वपा सांसद कंसाकारले पेश गरिन् ‘जलन नियन्त्रणसम्बन्धी गैर–सरकारी विधेयक’

काठमाडौं– ‘मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गर्न बनेको गैर–सरकारी विधेयक–२०८१’ दर्ता भएको छ । रास्वपा सांसद विन्दवासिनी कंसाकारले बिहीबार संघीय संसद सचिवालयमा उक्त विधेयक दर्ता गराएकी हुन् ।

मंगलबार बसेको रास्वपाको संसदीय दलको बैठकले विधेयकको अन्तिम छलफल गरेको थियो । सोपछि बिहीबार आगामी प्रतिनिधि सभामा पेश गर्न अनुरोध गर्दै संसद सचिवालयमा उनले विधेयक दर्ता गराएकी हुन् ।

विधेयक प्रतिनिधि सभामा पास भएको खण्डमा राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाले पारित गरेपछि विधेयक पुनः प्रतिनिधिसभामा आउनेछ। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्