साफ यू–२० च्याम्पियनसिप सुरु, पहिलो हाफमा श्रीलंकामाथी नेपालको अग्रता


काठमाडौं– साफ यू–२० च्याम्पियनसिप आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु भएको हो । उद्घाटन खेलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन् ।

खेलको पहिलो हाफ सकिँदा नेपालले अग्रता लिएको छ। नेपालका लागि निराजन धामीले २४ मिनेटमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा नेपाल खेलमा हाबी भयो। तर नेपाली फरवार्ड फिनिसिङमा भने चुके।

साफ यू–२० च्याम्पियनसिपका म्याच कमिसनरले दशरथ रंगशालाको मैदानलाई अयोग्य घोषित हुने बताएसँगै प्रतियोगिता एन्फा कम्प्लेक्स सरेको हो।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।