काठमाडौं– साफ यू–२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ।
आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १– गोलको जित निकालेको छ । नेपालको लागि निराजन धामीले खेलको २४ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। अब नेपालले समूहको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ। भोलि अर्को समूहको खेलमा भारत र भुटानबीच खेल हुनेछ।
प्रतिक्रिया