बझाङमा पहिरोमा एकै परिवारका चार जनाको मृत्यु, प्रतिव्यक्ति एक लाखका दरले राहत दिने घोषणा

432
Shares

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा परिवनरमन चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्। शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने शोक वक्तव्य जारी गर्दै उद्घोष गरेका छन् ।

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका–१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो। धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।