जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्रीमा नियुक्त यादवले अब प्रदेश सरकारको नेतृत्व गर्नेछन्।

















प्रतिक्रिया