Logo

गायिका समीक्षा अधिकारी भन्छिन्, ‘के हेरेको टुलुटुलु’

काठमाडौं– गायिका समीक्षा अधिकारीले ‘के हेरेको टुलु टुलु’ बोलको गीत ल्याएकी छिन् । उनले बुधबार आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएकी हुन्।

खेम सेञ्चुरीको संगीत रहेको गीतका शब्द नेत्र अर्यालले भरेका छन् । श्यामस्वेत रसाइलीले गीतलाई एरेन्ज गरेका हुन्।

भिडिओमा सलोन बस्नेत, नाजिर हुसेन, आश्मा विश्वकर्मा र समिक्षा अधिकारी फिचर्ड छन्। डान्सिङ नम्बरको गीतलाई गम्भीर विष्टले निर्देशन, शुभम भुजेलले कोरियोग्राफी गरेका हुन्। भिडिओको छायांकन एवं सम्पादन पवन सुस्लिङले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्