खराब मौसमका कारण कर्णाली मुख्यमन्त्री चढेको हेलिकप्टर रूकुममा अवतरण

864
Shares

रुकुम– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर खराब मौसमका कारण रूकुममा अवतरण गरेको छ।

डोल्पाबाट सुर्खेतका लागि उडेको सिम्रिक एयरको नाईन एन एकेडी कलसाइन भएको हेलिकप्टर रुकुमको आठबिसकोट नगरपालिका–९ राडीमा अवतरण गरेको हो।

आइतबार दिउँसो साढे ३ बजे राडीस्थित रंगशालामा हेलिकप्टर अवतरण गरेको हो । उक्त हेलिकप्टरमा मुख्यमन्त्री कँडेलसहित चार जना सवार थिए।

सुर्खेतमा मौसम राम्रो नभएपछि बीचमा अवतरण गरेको हो । मेलाको उद्घाटन कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कँडेल डोल्पा गएका थिए।

यस्तै डोल्पाबाट बिरामी बोकेको नेपाली सेनाको हेलिकप्टर पनि सोही ठाउँमा अवतरण गरेको छ।