Logo

खेलाडीहरु खेल जित्दा पाएको मेडल किन टोक्छन्?

काठमाडौं– जित्नु सबैभन्दा खुसीको क्षण हो । त्यसमाथी खेलाडीहरु आफू र आफ्नो टोलीलाई जिताउनका लागि नै खेल खेल्ने गर्छन् । खेल जितेपछि पुरस्कारसहित खेलाडीहरुले मेडल पाउँछन्, स्वर्ण, रजत र कास्य अर्थात गोल्ड, सिल्भर र ब्रोन्ज ।

खेल जितिसकेपछि खेलाडीले आफुले जीतेको मेडललाई दाँतले टोकेर फोटो खिचाउँछन् । भर्खरै सम्पन्न ओपम्पिक र पारालिम्पिक्समा पनि अधिकांश पदक बिजेताहरुले मेडल टोकेर फोटो खिचाए । तर खेलाडीले आफुले जितेको गोल्ड मेडल दाँतले किन टोक्छन् भन्ने प्रश्न तपाईको मष्तिस्कमा कुनै न कुनै समयमा पक्कै आएको होला। ओलम्पिकमा स्वर्ण जित्न वर्षौंको कठोर प्रशिक्षण र कठिन प्रतिस्पर्धा गर्नुपर्छ । उसोभए वर्षौको मेहेनतले कमाएको पुरस्कार पाउने वित्तिकै बिजेताहरुले किन टोकेका होलान्?

यसको मुख्य कारण भनेको बिजेताले पुरस्कार पाएपछि फोटो खिच्चे क्रममा फोटोग्राफरले मेडल टोक्न आग्रह गर्ने भएकाले हो । खेल जितिसकेपछि मेडल टोक्ने परम्पारा भएकै कारणले राम्रो फोटो निकाल्न उनीहरु मेडल टोक्न आग्रह गर्छन् । प्रायजसो खेलाडीहरुले मेडल टोक्ने भएकाले गृष्मकालिन टोकियो ओलम्पिक २०२० को आयोजकले ट्वीटरमा आफ्नो मेडल खानयोग्य नभएको भन्दै ठट्टा गरेको थियो । ट्विटरमा आयोजकले लेखेको थियो, ‘हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छौं कि टोकियो २०२० का पदकहरू खान योग्य छैनन् ।’

कहिलेदेखि खेलाडीले जितेको मेडल टोक्ने ट्रेन्ड सुरु गरे भन्ने विषयमा आधिकारिक जानकारी छैन । तर मेडलमा प्रयोग भएको धातु सक्कली हुन् वा होइनन् भनेर जाँच गर्न मेडल टोक्ने ट्रेन्ड भएको विश्वास गरिन्छ ।

सन् १९१२ मा आयोजना भएको ओलम्पिकमा भने गोल्ड मेडलमा वास्तवमा नै सुनको प्रयोग भएको थियो । सोबाहेक अन्य ओलम्पिकमा भने मेडलमा पूर्णरुपमा वास्तविक सुनको प्रयोग भएको छैन । ओलम्पिकमा चाँदीको मेडलमा बाहिरी मागमा सुनको जलप लगाएर गोल्ड मेडल बनाइएको हुन्छ । यस्ता सुनको जलप केहि वर्षपछि खुईलिँदै जाने पनि हुनसक्छ । सुनकै मेडल नभएपनि खेलाडीले मेडललाई कति बलियोसँग मेडललाई टोक्न सकिन्छ भनेर जाँच गर्ने गरेको कतिपय खेलाडी बताउँछन् ।

सन् २०१० को शीतकालीन ओलम्पिकमा जर्मनका डेभिड मोइलरले रजत पदक जिते । क्यामेरामा फोटो खिच्नेक्रममा मेडल टोक्दा उनले दाँत नै भाँचिएको थियो ।

केहि खेलाडी भने खेलमा जित्दाभन्दा मेडल टोकेको समयमा खेल जितेको खुसी बढी हुने बताउँछन् । मेहेनतले कमाएको मेडल टोक्दा आफ्नो भएको आभाष हुने र आफ्नो उपलब्धीसँग भावनात्मक रुपमा नजिकिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्