Logo

पारालिम्पिक्स पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिक्समा कास्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।

शीतलनिवासमा आयोजित एक कार्यक्रमबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिइएको थियो। सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उँचो भएको र अर्को पटक स्वर्ण पदक अपेक्षा गरेको बताए।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबुआमा र खेल संघका पदाधिकारीहरुको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्